राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टासम्म भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच लामो छलफल भएको छ। शीतल निवासमा  बुधबार बेलुका अढाइ घन्टासम्म भएको  भेटमा समसामयीक राजनीति गतिरोध अन्त्यबारे छलफल भएको सितलनिवास स्रोतले जानकारी दियो।

दलीय राजनीतिमा राष्ट्रपति सक्रिय रहेको आरोप लागिरहेका बेला भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टा लामो भेटलाई महत्वका साथ लिइएको छ।

बुधबार बेलुकी साढे सात बजे राष्ट्रपति निवास प्रवेश गरेका प्रधानमन्त्री ओली राति दस बजे बल्ल शीतलनिवासबाट बाहिरिएका थिए।

नेकपाभित्रको राजनीतिमा संकटको सामना गरिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओली उचित निकासको खोजीमा रहेका छन्। 

प्रकाशित मिति: : 2020-07-22 23:08:27

प्रतिकृया दिनुहोस्