सचिवहरुको सरुवा तथा पदस्थापन

सरकारले  विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरुको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा र पदस्थापन गरेको हो।

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय,वाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको हो। 

यस्तै, रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालयमा सरुवा भएका छन्।

मन्त्रिपरिषद्ले विष्णुप्रसाद नेपाललाई गण्डकी प्रदेश र मानबहादुर विकलाई वाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।

प्रकाशित मिति: : 2020-07-21 15:36:53

प्रतिकृया दिनुहोस्