गण्डकी प्रदेशमा थप ९ संक्रमित थपिए

गण्डकी प्रदेशमा मंगलबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा ९ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

म्याग्दी, बाग्लुङ र स्याङ्जामा तीन/ तीन जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित हुनेहरुमा २३, २४, २५, २५, ३१, ५५ र ५८  वर्षका पुरुष छन्। 

उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। 

यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १ हजार ३ सय २९ पुगेको छ। जसमध्ये १ हजार २० जना उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-07-21 12:56:30

प्रतिकृया दिनुहोस्