आसाममा आएको बाढीमा कम्तीमा ८ गैँडासहित सय जंगली जनावर मरे

भारतकाे आसाममा मनसुनी वर्षाका कारण आएको बाढीमा कम्तीमा ८ गैँडासहित एक सय भन्दा बढी जंगली जनावर मरेका छन्।

विश्वमै दूलर्भ मानिने एक सिंगे गैँडाको बासस्थानका रुपमा रहेको आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा आएकाे बाढीका कारण जनावरहरु मरेकाे स्थानीय अधिकारीहरुले बताएका छन्। 

युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा कम्तिमा २४ सय एक सिंगे गैँडा छन्। 

Assam floods wreak havoc on wildlife in state; 17 rhinos, 166 hog ...

हालै आएको बाढीमा डुबेर कम्तीमा ८ गैँडा मरेको राष्ट्रिय निकुञ्जका अधिकारीले जनाएका छन् ।

बाढीका कारण मृग, अर्ना, भालुसहितका दर्जनौँ जनावर पनि मरेका छन् ।

यो वर्षको मनसुनमा राष्ट्रिय निकुञ्जको ८५ प्रतिशत क्षेत्र डुबानमा परेकाले अझै धेरै जनावरहरु मरेकाे हुनसक्ने उनीहरुले अनुमान लगाएका छन्। 

प्रकाशित मिति: : 2020-07-20 19:09:26

प्रतिकृया दिनुहोस्