आज १५६ जनामा संक्रमण पुष्टि, ८ जिल्ला कोरोनामुक्त, यस्तो छ प्रदेशगत संक्रमितकाे अवस्था

नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोनामुक्त भएको जानकारी दिए।

२४ घण्टामा थप १५६ जनामा कोरोना पुष्टि

नेपालमा आज (आइतवार) थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ।

आज संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा सुनसरीका १ तथा गजेन्द्रनारायण सिहं अस्पताल प्रयोगशालामा सप्तरीका ३२ र सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ। 

यता, नारायणी अस्पताल प्रयोगशालामा पर्साका ७ र बाराका १ जनामा संक्रमण पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा सर्लाहीका २३ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडाैंकाे शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा, मोरङ र ललितपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ।  किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा सर्लाही र रौतहटका २/२ तथा मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की र लमजुङका ६/६ जनामा संक्रमण पुष्टि भएककाे छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाग्लुङ र पर्वतका १/१ तथा म्याग्दीका ६ र स्याङ्जाका २ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा रुपन्देहीका २ र प्युठानका एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमै भएको परीक्षणमा नवलपरासी पश्चिमका १० जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बर्दियाका १० तथा बाँके र दाङका ५/५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा भएको परीक्षणमा सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेलधुराकै २ र सेती अस्पताल प्रयोगशालामा कैलालीका २५ जनामा संक्रमण पुष्टि भएको छ।

यता आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए।

यस्तै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ। जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन्।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-07-19 18:01:37

प्रतिकृया दिनुहोस्