राँगासँग मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु, एक घाइते

झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएकाे हाे।

मे १०प ९८२६ नंको मोटरसाइकल उनी शनिबार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा दुर्घटनामा परेका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ। 
 

प्रकाशित मिति: : 2020-07-19 12:18:53

प्रतिकृया दिनुहोस्