विश्वमा कारोनाबाट मर्नेको संख्या ६ लाख नाघ्यो, भारत आठौं नम्बरमा 

विश्वमा कोरोना भाइरसको संक्रमण २ सय १३ देशमा पुगेको छ। यसमा १ करोड ४४ लाख १४ हजार २ सय ४९ जना संक्रमित भएका छन्।

जसमा मर्नेको संख्या ६ लाख नाघेको छ। आइतबार बिहानसम्म विश्वव्यापी रूपमा मर्नेको संख्या ६ लाख ४ हजार १ सय ५१ पुगेको छ। 

कोरोनाका कारण अमेरिकामा मात्र १ लाख ४२ हजार ८ सय ७० जनाको निधन भइसकेको छ। यहाँ संक्रमितको संख्या ३८  लाख ३३ हजार १ सय ९२ पुगेको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा मर्नेको संख्या ७८ हजार ७ सय ३५ पुगेको छ भने संक्रमित २० लाख ७५ हजार १ सय २४ छन्। 

संक्रमितको हिसाबले भारत विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ १० लाख ७७ हजार ८ सय ६४ मानिस संक्रमित भएका छन्। जसमा २६ हजार ८ सय २८ जनाको निधन भइसकेको छ। 

मर्नेहरूको संख्यामा बेलायत तेस्रो नम्बरमा छ। बेलायतमा ४५ हजार २ सय ७३ जनाको निधन भएको थियो। चौथोमा मेक्सिको ३८ हजार ३ सय १०, पाँचौमा इटाली ३५ हजार ४२ जना र छैटौंमा फ्रान्स ३० हजार १ सय ५२ जनाको निधन भएको थियो। सातौंमा स्पेनमा २८ हजार ४ सय २० जनाको निधन भइसकेको छ।

 मर्नेको सूचिमा भारत आठौं नम्बरमा पर्छ। भारतमा २६ हजार ८ सय २८ जनाको निधन भएको छ। एसियामा भारत सबैभन्दा प्रभावित देश हो।
 

प्रकाशित मिति: : 2020-07-19 07:25:06

प्रतिकृया दिनुहोस्