भारतमा एकै दिन थपिए ३४ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी पुगेको छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार  पछिल्लो २४ घण्टामा मात्रै थप ३४ हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै तमलिनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३, आन्ध्र प्रदेशमा २ हजार ६ सय २ र दिल्लीमा एक हजार ४ सय ६२ जनामा कोरोना देखिएको छ।

भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ। त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६ लाख ५३ हजारभन्दा बढी निको भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ४१ लाखभन्दा बढी संक्रमित भएका छन्। 

त्यस्तै विश्वभर ६ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ। संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै ७९ लाख रहेको छ।

प्रकाशित मिति: : 2020-07-18 12:28:19

प्रतिकृया दिनुहोस्