रौतहटबाट चन्दका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जना कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ।

विषेश सूचनाका आधारमा चन्द्रपुर नगरपालिका ८ बेतौना घर भएका ३५ वर्षीय वीरेन्द्र पासवानलाई बिहीबार साढे १० बजे उनै घरबाट प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनी विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका थिए।

प्रकाशित मिति: : 2020-07-18 07:23:10

प्रतिकृया दिनुहोस्