लमजुङ्गमा थपिए २२ कोरोना संक्रमित

गण्डकी प्रदेशका शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङ्ग जिल्लामा २२ नयाँ कोरोना संक्रमित थपिएका हुन्।

कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन्।

यसअघि बिहान तनहुँ र नवलपरासी पूर्व जिल्लामा २५ नयाँ कोरोना संक्रमित थपिएका थिए। गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार तनहुँमा ७ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये म्याम्दे र भमाु गाउँपालिकका वर्ष १७, २७, ३० र ३२ का दुई/दुई पुरुष छन्। 

यता व्यास नगरपालिका १९, २४ र २७ वर्षका तीन पुरुषमा पनि कोरोना देखिएको छ। 

यता नवलपरासी पूर्वका १८ जनामा काेराेना संक्रमण देखिएका छ। उनीहरु सबै गाैँडाकाेटका हुन्।

उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

 योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ सय ७६ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ। 

प्रकाशित मिति: : 2020-07-17 14:38:23

प्रतिकृया दिनुहोस्