केन्द्रीय बेंकलाई कांग्रेसकाे सुझाव: पुनरकर्जा कोषको आकार बढाएर २ खर्बभन्दा माथि बनाऔँ

नेपाली कांग्रेसले उद्योगी–व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्बभन्दा माथि बनाउन केन्द्रीय बेंकलाई सुझाव दिएको छ।

बिहीबार कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिले काेष बढाउने विषयमा छलफल भइरहेको भन्दै यसलाई २ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताएका हुन्।

आज मात्रै केन्द्रीय बैंकले कोभिड-१९ ले गर्दा साँवा र ब्याजसमेत भुक्तानी गर्न नसक्ने अवस्थाका १४२ ऋणीलाई पुनरकर्जा दिने निर्णय गरेको छ। जसमध्ये साधारण पुनरकजातर्फ १३२ ऋणी र निर्यात पुनरकर्जा व्यवसायतर्फका १० ऋणीले ऋण प्राप्त गरेका हुन्। 

यस्तै महले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले वित्तीय स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताएको छ।

बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्छ उनले बताए। ‘तर, बैंकहरुको मर्जर गर्दा जथाभावी पुँजी बढाएर बैंकहरुलाई मर्जर गर्न हुँदैन,’ उनले भने। यस्तै उनले केन्द्रीय बेंकलाई वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउने खालको मौद्रिक नीति ल्याउन सुझाव दिए।

उनले कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताए। उनले वाणिज्य बैंकहरुमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताए।

प्रकाशित मिति: : 2020-07-16 16:04:31

प्रतिकृया दिनुहोस्