कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका युवककाे राष्ट्रिय धुन र सलामीसहित शव व्यवस्थापन

रौतहटमा कोरोना संक्रमण (कोभिड–१९)बाट मृत्यु भएका युवकको शव व्यवस्थापन गरिएको छ।

इन्द्रबक्स गण पुरेनवाका प्रमुख कर्णेल सामन्तध्वज खाँडको सैनिक टोलीले राष्ट्रिय धुन र सलामीसहित शव व्यवस्थापन गरेको हो। 

परोहा ७ नरकटिया गाउँका ३८ वर्षीय संक्रमित युवकको बुधबार उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो। 

ती युवक गत असार २४ गते भारत बैंगलौरमाबाट घर फर्केका थिए। बैंगलौरबाट आउनासाथ उनलाई परोहा ३ तेजापाकड स्थित आधरभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। 

असार २८ गते स्वास प्रश्वासको समस्या देखिएकाे थियाे। त्यसकाे भाेलिपटल्ट उनलाई उपचारका लागि २९ गते नारायणी अस्पताल वीरगञ्ज लगिएकाे थियाे।

अस्पतालमा उपचारका क्रममा असार ३१ गते बिहान स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियाे। अपरान्ह उनको निधन भएको थियाे।

यसअघि रौतहटको फतुवा बिजयपुरका २४ बर्षीय युवकको पनि कोरोना संक्रमणबाट ज्यान गएको थियो। 

प्रकाशित मिति: : 2020-07-16 13:17:05

प्रतिकृया दिनुहोस्