गण्डकी प्रदेशका बिहीबार थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बागलुङमा दुई र स्याङ्जामा १ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
उनका अनुसार बागलुङ गलकोट नगरपालिका दुई २५ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै स्याङ्जा वालिङ नगरपालिकाका १९ वर्षीय युवकमा पनि कोरोना देखिएको छ।
उनीहरू तीनै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ सय ३१ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ।