साझाका २६ बसले भाेलिबाट ८ रुटमा सेवा दिने

साविककोभन्दा ५० प्रतिशत भाडा बढी

साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ। साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिन लागेको हो।

सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा दिन लागेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन्। 

बसमा सरकारले तोकेका सबै मापदण्ड पालना गरिने उनले बताए। 

‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने,‘ यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न पनि आग्रह गर्दछु।’ 

यस्तै उनले यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना रहेको पनि जानकारी दिए।

यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन्। 

काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ।
 

प्रकाशित मिति: : 2020-07-15 18:50:24

प्रतिकृया दिनुहोस्