बहिनीलाई तीन वर्षदेखि बलात्कार गरेकाे आरोपमा वडाअध्यक्ष पक्राउ

किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन्। 

आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ।

डीएसपी श्यामबाबु ओलियाका अनुसार बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने छ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-15 14:35:58

प्रतिकृया दिनुहोस्