फ्रान्समा मास्क अनिवार्य

फ्रान्सले सवै सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेको छ। फ्रान्स सरकारले अगामी केही साताका लागि अनिवार्य मास्क लगाउन निर्देशन दिँदै नियम उल्लंघन नगर्न सबैसँग आग्रह गरेको छ। 

राष्ट्रपति इम्यानुल मेक्रोले मंगलबार यसको घोषणा गरेका हुन्। फ्रान्समा हालसम्म कोरोनाका कारण ३० हजार बढी नागरिकको निधन भइसकेको छ। यहाँ १ लाख ७२ हजारभन्दा बढी संक्रमित भेटिएका थिए। 

फ्रान्सले आगामी केही साता कोरोनाको प्रकोप बढ्न सक्ने सम्भावनाका बीच सबैलाई अनिवार्य मास्क लगाउन निर्देशन दिएको हो।

प्रकाशित मिति: : 2020-07-15 10:43:05

प्रतिकृया दिनुहोस्