३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माणको शिलान्यास

भक्तपुर नगरपालिका–६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगँछेँको पुनः निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार शिलान्यास गरेका छन्।

 भक्तपुर नगरपालिकाको बजेटमा विश्वकर्मा आगँछेँ (तेलिकोटा झ्याल) पुनः निर्माण उपभोक्ता समितिले रु ९९ लाख ६८ हजार ५२६ को लागतमा निर्माण गर्न लागेको भवनको उनले शिलान्यास गरेका हुन्।

कार्यक्रममा उनले ३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरवासीकै पहल आवश्यक भएको बताए। 

सो अवसरमा भक्तपुर–६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडासदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल लगायतले पुर्खाले छोडेको सम्पदाको संरक्षणमा नयाँ पुस्ताको चासो पनि उत्तिकै रहेको बताए। 

प्रकाशित मिति: : 2020-07-15 06:12:05

प्रतिकृया दिनुहोस्