नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ। याे सँगै मृतककाे संख्या ३८ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन्।
सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते निधन भएको हाे। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।
यता काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको पनि मृत्यु भएकाे छ। उनकाे मृत्यु असार २६ गते भएको हो। फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण उनलाई असार १६ गते पाटन अस्पताल भर्ना गरिएकाे थियाे।
ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको पनि काेराेनाकै कारण मृत्यु भएकाे छ।
काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ती पुरुषको २५ गते निधन भएको हो। मृगौलाका बिरामी असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।