गण्डकी प्रदेशमा शनिबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमुनाहरु परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएकाे हाे।
संक्रमित हुनेहरुमा तनहुँका ४ जना,स्याङजा र बाग्लुङका ३/३ जना रहेका छन्। यस्तै, कास्की र म्याग्दीमा समेत २/२ जनामा संक्रमण देखिएको छ।
संक्रमण देखिने सबैजना पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।
यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १७६ पुगेको छ|