गुल्मीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष रहेकाे जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
चार जना संक्रमित थपिएपछि जिल्लामा ३४८ जना पुगेका छन्।
२६५ जना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन्। जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।