बझाङको केदारस्यूँ गाउँपालिका २ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।
सोमबार घाँस काट्ने क्रममा २८ वर्षका नरेश विष्ट भीरबाट लडेर घाइते भएपछि उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको हो।
उनको चैनपुरमा उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकन्द्र सिंहले पुष्टि गरे।