नेपाली ट्रेनी पाइलट सवार जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना

फिलिपिन्समा पाइलट तालिममा प्रयोग हुने एक जहाज दुर्घटनामा परेको छ। 

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट दुर्घटनामा परेको हाे।

सीएनएन फिलिपिन्सका अनुसार कलसाइन आरपी-सी८३४ जहाजकाे इन्जिन फेल भएपछि पाइलटले समुद्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए।

समुद्रमा झरेको विमान ६ फिट गहिराईमा पुगेको थियो। समुद्री किनारबाट ६ मिटरकै दुरीमा जहाज झरेको थियो। यो जहाज जाम्बोआंगा विमानस्थलबाट अर्को सहर डुमगेटका लागि उडेको थियो।

जहाज भारतीय पाइलटले उडाएका थिए। जहाँ एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी विद्यार्थी सवार थिए। उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको थियो।

फिलिपिनी नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य छ। 

प्रकाशित मिति: : 2020-07-07 12:18:01

प्रतिकृया दिनुहोस्