‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खाने डर छ’

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्।

झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै काठमाडौंका विभिन्न अस्पताल र बाहिरी जिल्लामा काम गर्ने डाक्टरहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। 

पछिल्लो समयमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसाको विरोध स्वरुप डाक्टरहरुले शान्तिपूर्ण आन्दोलन गरेका हुन्। 

धर्नामा सहभागीले ‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खाने डर छ’,  ‘लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ?’ जस्ता नारा लेखिएका प्लएकार्ड बोकेका थिए। डाक्टरहरुले माइतीघर मण्डला हुँदै बानेश्वरसम्म र्‍याली लगेका थिए।

प्रकाशित मिति: : 2020-07-05 15:53:39

प्रतिकृया दिनुहोस्