नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच शेयर निष्कासन सम्झौता

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ। 

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो। 

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

प्रकाशित मिति: : 2020-07-05 15:37:04

प्रतिकृया दिनुहोस्