भारतमा कोरोनाबाट १९ हजार बढीकाे मृत्यु, एकै दिन थपिए झण्डै २५ हजार संक्रमित

भारतमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका झण्डै २५ हजार नयाँ संक्रमित फेला परेका छन्।

 भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा २४ हजार ८५० नयाँ कोरोना  संक्रमित थपिएका हुन्। यासँगै काेराेना संक्रमितकाे संख्या ६ लाख ७३ हजार १६५ पुगेको छ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार २६८ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ६१४ जनाको मृत्यु भएको हो।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोनाका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या ८ हजार ६७१ पुगेको छ।

त्यस्तै तामिलनाडु राज्यमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। तामिलनाडुमा मृत्यु हुनेको संख्या १४ सय ५० पुगेको छ। 

यता दिल्लीमा कोरोनाका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। यो दिल्ली राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ।

उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै संक्रमितमध्ये ७७३ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा २१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि हुँदा ७३६ जनाको मृत्यु भइसकेको छ। 

यस्तै बिहारमा ११ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८९ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ काेराेना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: : 2020-07-05 12:06:43

प्रतिकृया दिनुहोस्