बागलुङ र तनहुँमा थप ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ।
यता, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ।
संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ।
योसँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ।
गण्डकीमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन्।