नेपाल कोरोना संक्रमितको संख्यामा विश्वको ६०औं स्थानमा उक्लेको छ । केही समययता ६१औं स्थानमा रहेको नेपाल शुक्रबार एक स्थान माथि उक्लेको थियो ।
शु्क्रबार एकै दिन ७४० नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या १५ हजार २५९ पुगेको छ। मृतकको संख्या पनि शुक्रबार एक जना थपिएपछि ३२ पुगेको छ।
नेपाल १५,२५९ संक्रमितसहित कोरोना संक्रमणको ६०औं स्थानमा उक्लेको छ। शु्क्रबार एकैदिन ७४० नयाँ संक्रिमत थपिएपछि नेपालले यो उचिछलाङ लगाएको हो। तर, ओली सरकार कोरोना संक्रमणको भन्दा पनि कसरी सत्ता टिकाउने भन्ने चिन्तामा छ। त्यसैले कोरोना संक्रमण छाँयामा परेको छ।
नेपालमा अहिलेसम्म ६ हजार एकसय ४३ निको भएका छन् भने नौहजार ८४ को उपचार भैरहेको छ। क्वारिन्टिनमा बस्ने नेपालीको एकिन संख्या बाहिर आएको छैन। तर, एक अनुमानअनुसार ६० हजारभन्दा माथिको संख्यामा नेपाली क्वारिन्टिनमा छन्।
भारतबाट नपाली फर्कने क्रमसँगै नेपालमा कोरोना संक्रमण बढेको हो।
सरकार सत्ताको खेलमा नराम्ररी फसेकाले कोरोना संक्रमण पनि छायामा परेको छ। प्रधानमन्त्री ओलीको पहिलो प्राथमिकता यतिबेला जसरी भए पनि सत्ता जोगाउनु छ।