भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी ८ प्रहरीको मृत्यु भएको छ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित ८ प्रहरीको मृत्यु भएको हाे।
उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके विकासको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ।
प्रहरीलाई रोक्न विकास देवेको गिरोहले सडकमा जेसिबी राखेको थियो। प्रहरी त्यहाँ पुगेलगत्तै फायरिंग सुरु भएको बताइएको छ।
Kanpur: Eight Police personnel, including Dy SP Devendra Mishra, lost their lives after they were fired upon by criminals when the Police team had gone to raid an area in search of history-sheeter Vikas Dubey. SSP & IG present at the spot, forensics teams are examining the area. pic.twitter.com/LKXLgLPq7Y
— ANI UP (@ANINewsUP) July 3, 2020
आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा विकास दुवे समूहका ३ जना पनि मारिएका प्रहरीले जनाएको छ।
विकासले सन् २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका थिए।
उनीविरुद्ध कानपुरमा हत्याको मुद्दा दायर परेकाे छ। विकासविरुद्ध ६० भन्दा धेरै मुद्दा छन्। उनी प्रधान र जिल्ला पञ्चायत सदस्य पनि बनेका थिए।
विकासलाई पक्राउ गर्न प्रहरी उनको गाउँ गएको थियो।
घटनापछि प्रहरीले उत्तरप्रदेशको सबै सीमा सिल गरेको छ। घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ।