कोरोना संक्रमणबाट ४९ दिने शिशुको मृत्यु

नेपालमा कोरोना भाइरस (काेभिड–१९) बाट थप एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

 योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो।

 मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएकाे प्रवक्ता डा गौतमले जानकारी दिए।

 उनले शिशुकाे सम्पर्कमा रहेका आफन्तकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको बताए। 

यस्तै शिशुको बिहीबार पशुपति आर्यघाटमा शव व्यवस्थापन भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-07-02 17:14:29

प्रतिकृया दिनुहोस्