जनस्वास्थ्य कार्यालयको भवनमा चट्याङ लागेर २० लाख बराबरको क्षति

वर्षासँगै परेको चट्याङले वीरगञ्ज १४ स्थित जनस्वास्थ्य कार्यालय, पर्साको भवनमा क्षति पुगेको छ ।

 कार्यालयको भवनमा चट्याङ लाग्दा भवनको छत, पर्खाल, बिजुलीको मिटरदेखि इलोक्ट्रोनिक्स सामानहरुमा क्षति भएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बिएल नेपाली सेवालाई जानकारी दिए। 

उनकाअनुसार कार्यालयमा २० लाख बराबरको क्षति भएको छ।

भवनमा विद्युतिय साम्रगीमा आगलागी हुदाँ फ्रिजमा राखेको भ्याक्सीनलाई असर गर्ने देखिएकाे छ। समयमा लाइन नआए ५० लाख बराबरको थप क्षति हुने स्वास्थ्य निरीक्षक ठाकुरले बताए।

‘कोल्डचेन सिस्टम सबै जलेको छ, ४ कम्प्युटरसमेत उडेको छ, त्यहाँ रहेका ८ वटा फ्रिजमा ५० लाख भन्दा बढी पर्सा जिल्लाको  बालबालिकाको लागि राखेको भयाक्सिन खराब हुने अवस्थामा रहेको ,‘ ठाकुरले भने।

यता भवनमा कार्यरत कर्मचारीहरु भने सुरक्षित रहेको र क्षतिको विवरण आउन बाँकी रहेको ठाकुरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-02 14:39:58

प्रतिकृया दिनुहोस्