राहुल गान्धीद्धारा नर्सहरुसँग अन्तक्रिया

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले कोरोना भाइरसको संक्रमणको यस समयमा स्वास्थ्य उपचारमा खटिएका भारतका नर्सहरुसँग अन्तक्र्रिया गरेका छन्। 

आज भारतमा मनाइएको चिकित्सक दिवसका अवसरमा उनले यहाँका नर्सहरुसँग कुराकानी गरेका हुन् । त्यस क्रममा उनले कोरोना भाइरसको महामारीको उपचारका क्रममा नर्सहरुले गरेको योगदानको प्रसंशा गरेका थिए। 

भर्चुअल माध्यमबाट गरिएको सो अन्तक्र्रियामा नर्सहरुले कोरोना महामारीको उपचारका क्रममा आफूलाई परेका विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति: : 2020-07-01 19:50:50

प्रतिकृया दिनुहोस्