दर्ताका लागि निवेदन दिएको नेकपा एमालेको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ। जसमा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ। तर झन्डाको व्याख्या भने गरिएको छैन।

मोरङको विराटनगर महानगरपालिका ६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले निवेदन दिएका हुन्। 

उनका अनुसार उपाध्यायले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन्।

उनीहरूले पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि आयोगमा पेश गरेका छन्।

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकोबारे जवाफ मागेका थिए।

नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपाको अध्यक्ष भएकोले एमाले कसले दर्ता गर्न लागेको आफूलाई जानकारी नहुने जवाफ दिएका थिए।

तर बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन्।

को-को छन् पदाधिकारी?

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

अस्मिता सुनार

दावा  लामा।

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

प्रकाशित मिति: : 2020-07-01 13:57:11

प्रतिकृया दिनुहोस्