आसामको उच्च अदालतले एउटा रोचक मुद्धाको फैसला गर्दै यदी महिलाले सिन्दुर र चुरा लगाउन अस्विकार गरेको खण्डमा यो वैवाहिक जीवन समाप्त गर्ने घोषणा भएको बताएको छ। महिलाले सिन्दुर र चुरा लगाउन नमान्नु भनेको सम्बन्ध बिच्छेदको आधार भएको अदालतको ठहर छ।
केही समय अघिमात्र एक व्यक्तिले गुवाहाटीको उच्च अदालतमा सम्बन्ध बिच्छेदका लागि मुद्धा दायर गरेका थिए। अदालतका मुख्य न्यायाधीस अजय लाम्बा तथा न्यायाधीस सौमित्र सैकियाको इजलासले श्रीमतीले सिन्दुर लगाउन अस्विकार गर्नुलाई साक्षीको रूपमा लिन सकिने बताएका छन्।
इजलासले आफ्नो निर्णयमा भनेको छ, ‘हिन्दु संस्कृति अनुसार विवाह गर्ने महिलाले सिन्दुर र चुरा नलगाउँदा उनी अविवाहित जस्तै देखिन्छिन्, जुन प्रतिकात्मक रूपमा विवाहलाई अस्विकार गरेको भन्न सकिन्छ। यस्तो गर्दा महिलाको उद्देश्य स्पष्ट पार्न सकिन्छ, उनी श्रीमानसँग आफ्नो वैवाहिक जीवन अगाडि बढाउन चाहन्न।’
अदालतले यस्तो अवस्थामा श्रीमानसँग बस्नु भनेको श्रीमतीले श्रीमान तथा उसको परिवारलाई प्रत्याडित गरेको मानिने ठहर गरेको छ। अदालतले ‘फेमेली कोर्ट’ ले यस्तो मुद्धामा राम्रो मूल्यांकन नगरेको बताएको छ। यो मुद्धामा ‘फेमेली कोर्ट’ ले सम्बन्ध बिच्छेदको निवेदन अस्विकार गरेको थियो।
सम्बन्ध बिच्छेद गर्ने जोडीले २०१२ मा विवाह गरेको आसामबाट प्रकासित समाचारमा भनिएको छ। विवाह गरेको केही समयपछि नै दुबै छुट्टाछुट्टै बस्न थालेका थिए। यसपछि महिलाले घरेलु हिंसाको आरोप लगाएकी थिइन भने पुरुषले सम्बन्ध बिच्छेदका लागि निवेदन दिएका थिए।