बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
आइतबार बिहान बर्दघाट नगरपालिका २ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएका थियो।
उनी असार १२ गते भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। उनी पहिलेदेखि नै मुटु र प्रेसरका बिरामी थिए।