कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गर्‍याे

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ। 

पार्टी कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ। 

यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ। 

यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ। पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए। 

प्रकाशित मिति: : 2020-06-30 19:14:11

प्रतिकृया दिनुहोस्