‘समानुपातिक हिसाबले बजेट विनियोजन’

प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटन विकासका लागि सबै जिल्लामा समानुपातिक हिसाबले बजेट विनियोजन गरेको बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्र्तगत सम्बन्धित मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उनले सरकार सीप विकास, रोजगार सिर्जनामा ध्यान दिएको छ भने ।

उनले एक गाउँ एक उत्पादनका लागि सरकारले बजेट विनियोजन गरेको छ भन्दै वैज्ञानिक वन व्यवस्थापनले भावी सन्ततिलाई जङ्गलमा पहुँच पुग्ने विश्वास व्यक्त गरे । मन्त्री कुसियतले जडीबुटीका लागि प्रदेशको सबै जिल्लामा जडीबुटी उत्पादन एवं विकासका लागि बजेट विनियोजन भएको बताए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेकयमा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जनताको समानुपातिक अधिकार र विकासलाई ध्यान दिन सरकारसँग माग गरे भने अर्का सदस्य राजेन्द्रकुमार राईले एक पालिका एक मैदानका निम्ति बजेट संशोधन गरेर भए पनि ल्याउन सुझाव दिए । रासस

प्रकाशित मिति: : 2020-06-30 18:22:23

प्रतिकृया दिनुहोस्