एमसीसी र अतिक्रमित नेपाली भू-भाग फिर्ता गर्न माग गर्दै चन्द्रागिरीमा प्रदर्शन

अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मेलेनियम च्यालेन्ज कर्पोरेसेन (एमसीसी) र अतिक्रमित भू-भाग फिर्ता गर्नु पर्ने भन्दै काठमाडाैंकाे चन्द्रागिरीमा विरोधमा प्रदर्शन भएको छ।

 चन्द्रागिरीमा रहेको ११ दलिय युवा जागरण संयुक्त मोर्चाले राष्ट्रिय झण्डासहित ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौं, एमसीसी धोका हो षड्यन्त्रको पोका हो, लिम्पियाधुरा कालापानी लिपुलेक हाम्रै हो, भारतीय सेना कालापानी छोड’ जस्ता नारा लगाउदै र्‍यालीको आयोजना सहित विरोध प्रदर्शन गरेका हुन्।

थानकोटबाट सुरू भएको र्‍याली गुर्जुधारामा आएर कोण सभामा परिणत भएको थियो। 

कोण सभामा वक्ताहरुले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका सीमा बचाउ अभियानमा सबै नेपाली एक भएर नेपाली भूमि फिर्ता गराउने अभियानमा सरिक हुनु पर्ने भन्दै राष्ट्रियताको पक्षमा सवैले बुलन्द आवाज उठाउनु पर्नेमा जोड दिएका थिए।

एमसीसी संसदको कार्यसूचिबाट नहटाउँदासम्म खारेजीका लागि एकसूत्रीय माग बनाउने निर्णय उनीहरुले गरेका छन्।
 

प्रकाशित मिति: : 2020-06-30 17:17:05

प्रतिकृया दिनुहोस्