लद्दाखमाथि आँखा लगाउने चीनलाई कडा जवाफ दियाैं: माेदी

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भारतको भूमिमाथि आँखा उठाएर हेर्नेले कडा जवाफ पाएको बताए। आफूहरुलाई मित्रता निभाउन र आँखामा आँखा जुधाएर जवाफ दिन पनि आउने उनले जिकिर गरे।

आइतबार ‘मन की बात’ कार्यक्रममाफर्त देशलाई सम्बोधन गर्दै उनले १५ जुनमा गलवानमा भारत र चीनका सैनिकबीच भएको हिंसक झडपको बारेमा बाेल्दै यस्ताे बताएका हुन्।

‘विश्वले यो दौरान भारतको विश्ववन्धुत्वको भावनालाई महसुस गरेको छ। हामीले हाम्रो सीमा सुरक्षा गर्नेहरुलाई पनि जवाफ दियौँ। भारत मित्रता निभाउन र आँखामा आँखा जुधार उचित जवाफ दिन पनि जान्दछ  ।’

माेदीले स्वतन्त्रताअघि देश रक्षाको क्षेत्रमा भारत विश्वका कयौँ देशभन्दा अघि रहेको समेत जिकिर गरे। त्यतिबेला भारतभन्दा पछि रहेका देशहरु अहिले भारतभन्दा अघि पुगेको उनले बताए।

‘हामीले पुराना अनुभवबाट फाइदा लिनुपर्ने थियो तर हामी त्यो गर्न सकेनौँ। आज भारतले त्यो प्रयास गर्दैछ। अत्मनिर्भरताको तर्फ कदम बढाउँदैछ। कुनै पनि भिजन सबैको सहयोग बिना पूरा हुन सक्दैन,’ उनले भने।

प्रकाशित मिति: : 2020-06-28 13:15:50

प्रतिकृया दिनुहोस्