उदयपुरमा चट्याङकाे आवाजले बेहोस भएका युवकको मृत्यु भएकाे छ।
चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्तीका १८ वर्षीय दिपेश मगरको चट्याङले लागेर मृत्यु भएको छ।
शनिबार दिउँसो खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले मगर बेहोस भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताए।
बेहोस मगरलाई उपचारको लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक पुरीले बताए।
उनकाे उपचारकाे क्रममा आइतबार बिहान मृत्यु भएको हो।
चट्याङले लागेरै ४ दिन अघिपनि त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको थियो भने दुई महिला घाइते भएका थिए।
घाइते उपचारपछि घर फर्किएको प्रहरी नायब उपरिक्षक पुरीले बताए।