पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।
बर्दघाट नगरपालिका २ का ४५ वर्षीय पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरेका हुन्।
उनका अनुसार शनिबार बेलुका स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हाे।
दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टाइनमा रहेका ती व्यक्ति दुई दिन अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए। शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएको थियाे।
मृतकको स्वाब संकलन गरेर कोरोना भाइरस संक्रमण भएको हो होइन परीक्षण गरिँदै छ।