गल्याङ नगरपालिका–९ साङ्लियामा गए राति पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ।
घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालले जानकारी दिए।
श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएका उक्त परिवारमा पुरिएर गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए।
छोराको अवस्था सकुसल रहेको छ। अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु¥याउन नसकिएको स्थानीयको भनाइ छ।
घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए।