धनुषामा एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका १ मा बसोबास गर्दै आएका १७ वर्षीय श्याम सहनीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बाभनविघाबाट उनी पक्राउ परेका हुन्।
उनलाई कटुवा पेस्तोल बिक्री वितरण गर्न आउने क्रममा प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ।
पेस्तोलसहित पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाएको छ भने आवश्यक अनुसन्धान अघि बढाएको छ।