नेपालको जनसंख्या ३ करोड ६३४

नेपालको जनसंख्या तीन करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो। १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो। यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो। घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ।

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ। जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको छ।

अहिले जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा रहेकाे विभागलले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-06-26 14:02:25

प्रतिकृया दिनुहोस्