कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या २४ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। 
 
सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्युभएसँगै मृतकको संख्या २४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी हुन्।

ती पुरुषको ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए।

उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिएपनि मंगलबार मृत्यु भएको हो।

थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एकरएकजनाको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-06-23 17:21:29

प्रतिकृया दिनुहोस्