७ दिनमै कोरोना संक्रमित निको हुने आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

योगगुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को आयुर्वेदिक औषधि ‘कोरोनिल’ बनाएको दाबी गरेका छन्। आफूहरुले तयार पारेको ‘कोरोनिल’ ट्याब्लेटले कोरोना भनइरसका संक्रमितहरु निको हुने उनको भनाई छ।

पतन्जलि रिसर्च सेन्टर र निम्समार्फत प्रोफेसर बलवीरसिंह तोमर र आचार्य बालकृष्णको संयुक्त प्रयासमा कोरोनाबाट निको हुने औषधि तयार पारिएको बाबा रामदेवले जानकारी दिए।

उनले ‘कोरोनिल’ एक सय ब्यक्तिहरुमा परीक्षण गरिसकेकाे दाबी गरेका छन्। 

परीक्षणपछि सबै कोरोना भाइरस संक्रमितहरु सात दिनभित्रै ठिक भएको दाबी बाबा रामदेवकाे छ। उनका अनुसार कोरोनाविरुद्धको आयुर्वेदिक औषधि दुई पटक प्रयोग गरिएको छ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ। अहिलेसम्म कोरोनाको कारण १४ हजार ११ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण ३१२ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ। 

 कोरोना त्रासका बीच देश र विश्वले प्रतिक्षा गरिरहेको कोरोनाबाट निको हुने आयुर्वेदिक औषधि ‘कोरोनिल’ले मृतककाे संख्या घटाउने उनकाे दाबी छ। तर याे औषधि बिक्रि बितरण गर्न भने भारतीय सरकारसँग अनुमति लिनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2020-06-23 14:20:14

प्रतिकृया दिनुहोस्