भारतमा कोरोनाबाट एकै दिन दुई हजारभन्दा बढीको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोना भाइरस (कोभिड–१९)को कारण पछिल्लो २४ घण्टामा २ हजारभन्दा धेरैको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले‍ जनाएका छ।

यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ।

त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोनाका एक लाख १३ हजार ४४५ संक्रमित फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृत्यु भइसकेको छ। गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै उत्तर प्रदेशमा १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ। बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा कोरोनाका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-06-17 11:57:26

प्रतिकृया दिनुहोस्