चोर दुलोबाट सरकारले एमसीसीलाई पारित गर्न खोज्याे: क्रान्तिकारी माओवादी

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता चोर दुलोबाट संसदद्वारा पारित गराउने धृष्टता भइरहेको बताएको छ।  

पार्टीका महासचिव मोहन वैद्य किरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारको यो कदमको घोर विरोध गरेका छन्। 

‘ओली सरकारले एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० के। भी। प्रसारण लाइनको निर्माण कार्यलाई नेपाल सरकारको नीति तथा कार्यक्रम ०७७/०७८को बुँदा नं २१० र २११मा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गर्दैछ’, विज्ञप्तिमा भनिएको छ।

एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध भएको माओवादीको ठहर छ। 

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुर्‍याउने एमसीसी सझौतालाई स्वीकृति दिने गरी सरकारको नीति तथा कार्यक्रमलाई पारित नगर्न पनि माओवादीले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरु समक्ष अनुरोध गरेको छ। 

यसैबीच वैद्यको विज्ञप्तिमा लिम्पियाधृुरा, कालापानी, लिपुलेक समेतलाई समेटेर नयाँ नक्सा बनाएर सार्वजनिक सरकारको निर्णयको स्वागत गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-19 12:40:28

प्रतिकृया दिनुहोस्