श्रमिक, किसान र राेजगारी गुमाएकालाई महिनाको ५ हजार दिन पूर्वअर्थमन्त्रीको प्रस्ताव

बिएल संवाददाता

काठमाडाै‌ं

तिपक्षी दल कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महिनाको ५ हजार नगद रकम राहतस्वरुप उपलब्ध गराउन सरकारसामू प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन महिनाका लागि रोजगारी गुमाएका, श्रमिक र किसानलाई रकम उपलब्ध गराउन सरकारसँग प्रस्ताव गरेका हुन्। 

‘मुलुकलाई रोग र भोकमारीबाट जोगाउनुपर्छ। त्यसका लागि मजदुर, श्रमिक र समाजको तल्लो तहमा रहेका विपन्न किसानलाई तीन महिना महिनाका लागि ५ हजारको दरले १५ हजार रुपैयाँ देओस् र उनीहरूलाई जीवन सहज पार्न भूमिका खेलोस्’, कार्कीले भने।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोरोना भाइरसले सिर्जना गरेको वर्तमान समस्यालाई समाधान गर्न नसक्ने कार्कीले आरोप लगाए।

 ‘अहिलेको सरकारले नीति तथा कार्यक्रमको प्राथमिकता मानव संकट, स्वास्थ्य उपचार, राहत र अर्थतन्त्रको पुनर्बहालीमा केन्द्रित हुनुपर्थ्यो,’ उनले भने, ‘तर यो यथार्थलाई ख्याल नगरीकन अहिलेको समस्या समाधान गर्न नभएर झन् विकराल गर्न अग्रसर भएको देखिन्छ।ु

बजेट ल्याउने क्रममा वर्तमान नेपालको यथार्थलाई ध्यान दिन पनि कार्कीले सुझाव दिएका छन्। बजेट मितव्ययी हुनुपर्ने उनको भनाइ छ। 

उनले सरकारले ठूला परियोजना निर्माणमा ध्यान दिनुभन्दा पनि छिटो प्रतिफल दिने आयोजना सम्पन्न गर्नुपर्ने सुझाव दिए।
 

प्रकाशित मिति: : 2020-05-18 13:43:37

प्रतिकृया दिनुहोस्