मार्च २५ को अपराह्न। धेरैपछि मैले आफैंलाई सुन्ने मौका पाए। यहाँ अहिले स्कूटरको ध्वनी छैन, न चाउचाउ बेच्नेहरूको नै कुनै आवाज। आकाशमाथि चिल झै उड्ने जहाजको पनि ध्वनी थिएन। यी यान्त्रिक तथा मानवीय आवाजको सट्टा मेरो कानमा ड्र्याफ्लाइ गुञ्जिरहेको थियो। भ्यागुता एकलासले उफ्रिरहेको थिए। म भने गुपचुप बालीको टापुमा बसेर नयाँ वर्ष ‘न्येपी’ को परम्परामा हराउने कोशिस गरिरहेको थिए।
शाक राजवंशको स्थापना भारतीय राजा कनिष्कले इ.स.७८ मा गरेका थिए। हिन्दु मिसनरीले यसलाई जावा पुर्याए र त्यहाँबाट बाली पनि। ९० प्रतिशत मुस्लिम जनसंख्या भएको इन्डोनेसियामा बाली एकमात्र यस्तो टापु हो, जहाँ हिन्दुको संख्या अत्याधिक छ।
यहाँ हरेक वर्ष यहाँ ‘न्येपी’ हुन्छ। जसको अर्थ हो, मौन बस्नु। ‘न्येपी’ मा यो टापु पुरा मौन हुन्छ। मानिसहरू २४ घण्टा घरमा बस्छन्। उनीहरू बितेको बर्षको मूल्यांकन गर्छन र भविष्यको तयारी गर्छन। सामान्यतया बालीमा नयाँ वर्षको अघिल्लो रात ठूलो धमाका हुन्छ। र, पहिलो दिन आँधी बेहरीपछि आएको शान्ती झै शहर चकमन्न हुने गरेको छ।
यो वर्ष पनि यस्तै भयो। विश्वभरि कोरोना भाइरसको महामारीका कारण मानिसहरू घरमा थुनिएका छन्। तर, बालीको यसको खासै असर देखिएको छैन। तर, उनीहरू ‘न्येपी’ मा एकदिन घरपरिवारसँग समय बिताउँदा निकै खुसी हुन्छन्। बालीमा बसोबास गर्ने जो कोहीले ‘न्येपी’ को अवसरमा एकदिन घरमा बिताउनु पर्ने हुन्छ।
यो दिन न आगो प्रज्वलित हुन्छ, न बिजुलीको प्रकाश नै। व्यवसाय परै बन्द हुन्छ। हवाई अड्डा पनि २४ घण्टाको लागि बन्द गरिन्छ। उपवासमा बस्ने मानिसहरू आफ्नो फोनसमेत बन्द गर्छन र आवश्यक पर्दाबाहेक कुरा गर्दैनन्। कुकुर र कुखुरा पनि सामान्य दिनको तुलनामा शान्त देखिन्छन्।
उनीहरुको विश्वास छ, एक दिन विगतको बारेमा सोच्दा हामीलाई भविष्यमा अझ बढी सशक्त बन्न मद्दत गर्दछ। यस दिनमा उनीहरूको महत्व बढेको हुन्छ। किनकि बालीका मानिस सामान्य दिनमा धेरै व्यस्त हुन्छन् र घरमा कमै बसोबास गर्छन। ‘न्येपी’मा उनीहरूले दिनभर परिवारसँग समय बिताउने अवसर पाउँछन्। यो दिन स्थानीय पुलिसले सडक र समुद्री तटमा गस्ती गर्ने गर्छन ताकि कुनै व्यक्तिले नियम नतोडोस् भनेर।
बालीका मानिसको विश्वास छ, यो दिन भूतप्रेत आए भने पनि टापुलाई बसोबास गर्दैनन् र निर्जन भूभाग सम्झेर फर्कन्छन्।
बालीको तबानानको एउटा गाउँमा हुर्केका हिन्दु हुन्, श्री दार्विती। उनी हाल एक स्कूलमा सचिव र ग्रीन स्कूलको बोर्ड सदस्य पनि छन्। भन्छिन्, ‘मौन बस्नु नै यो समय ध्यान गर्ने उत्तम तरिका हो। म ४० वर्षदेखि ‘न्येपी’ मनाउदै छु। त्यसैले यसको महत्त्व बुझ्छु।’
‘न्येपी’को तयारीका लागि यहाँ महिनौंदेखि मान्छेहरू बाँस र कागजको पल्पबाट प्रेतहरूको ठूलो पुतला बनाउन सुरु गर्छन। तिनीहरूलाई ओगोह–ओगोह भनिन्छ। नयाँ वर्षको एक दिनअघि ती पुतलाहरू एक भव्य समारोहमा ‘गेलेन ब्यान्ड’ सँगै परेड गरिएको थियो। बालीका मानिसले पेनग्रोपुकानको विधि पालन गर्छन्, जसमा सुख्खा नरिवलका पातहरूको बन्डल मन्दिर र भवनहरूको जगमा मिसाइन्छ र बाँसको खम्बा फालेर भूत ‘भाग–भाग’ भनिन्छ।
समय बित्दै जाँदा यो नयाँ वर्षको उत्सव एक ठूलो सार्वजनिक उत्सव बन्न पुगेको छ। घरहरूमा बाँसको मशाल प्रज्ज्वलित हुन्छ ताकि सम्पूर्ण इलाका र शहरलाई भूतबाट मुक्त गर्न सकियोस्। बालीको नयाँ वर्ष चक्र संवत पंचांगद्वारा निर्धारित गरिन्छ, जुन चन्द्रमाको गतिमा आधारित छ।
‘न्येपी’को उत्सव तीन दिन अगाडी नै शुरू हुन्छ। मेलास्तीको रितिथितिमा, देवताको पवित्र मूर्तिहरू मन्दिरबाट बाहिर लगिन्छ र नजिकैको समुद्र तट, ताल, नदी वा झरनामा पुर्याइन्छ। तिनीहरूको शारीरिक, आध्यात्मिक अशुद्धताहरू सफा हुन्छन् र मानिसले देवताहरू पूजा गर्छन। दुई दिनपछि,‘न्येपी’अघि एक दिन, दिउँसो तवुर–अगुंगमा जनावरको बलि दिइन्छ।
प्रेतहरूलाई काँचो मासु, अण्डा र वाइन भेट स्वरुप टंक्याइन्छ र गीत बजाइन्छ। यो विश्वास पनि छ कि, यसभन्दा पहिले तिनीहरूको ध्यान केन्द्रित गरिन्छ, त्यसपछि उनीहरूलाई खुशीसाथ फिर्ता पठाइन्छ। यो काम विगत ३० बर्षदेखि दक्षिणपूर्व एशियामा भइरहेको छ। यहाँ जिनारको पुरा समुआन टिगा मन्दिरमा एक्लो गैरबाली अनुष्ठान सहायक छन्।
उनी भन्छन्, ‘मन्दिरमा प्रत्येक समारोह हुनुअघि प्रेतलाई खुशी पार्न बलि (करु) हरू अर्पण गरिन्थ्यो, ताकि तिनीहरूको इच्छा पूरा होस् र तिनीहरू परोपकारी देवताहरू बन्नेछन्।’ दिउँसो ‘न्येपी’भन्दा एक दिनअघि हरेक गाउँ, शहर र जिल्ला वर्षभरि भेला भएका प्रेतलाई ठूलो मात्रामा खाना र पेय पदार्थ टंक्र्याइन्छ।
प्रत्येक १० बर्ष र १०० बर्षमा एउटा विशाल टापुका ठूला मन्दिरहरूमा यो उत्सव मनाइन्छ। यस अवसरमा एक दशक र एक शताब्दीमा जम्मा भएका सबै प्रेतहरू खुसी पारिन्छ र सबैलाई विदा गरिन्छ। यो वर्ष, चार्ड धेरै छोटो राखिएको थियो। ग्यारेट काम भन्छन,‘ओघाहोे–ओगोह बंजार (स्थानीय समुदाय)को स्तरमा मात्र अनुमति दिइएको थियो, कुनै परेड आयोजना गरिएको थिएन।’
केही युवा संगठनले यसको विरोध पनि गरे किनभने उनीहरू धेरै सातादेखि व्यस्त थिए र हजारौं डलर तयारीमा खर्च गरे। तर धेरै व्यक्ति विरोधकै बीच परेड प्रतिबन्ध गरिएको विश्वास गर्छन। ।
प्रकृतिलाई फाइदा
‘न्येपी’ ले वातावरणमा राम्रो प्रभाव देखाएको छ, २४ घण्टाको लागी भए पनि। इन्डोनेसियाको मौसम तथा खानी, भूगर्भ विभागका अनुसार २०१५ मा गरिएको एक अध्ययनले बालीको शहरी क्षेत्रको हावा टर्बुलन्स (टीएसपी) मौनताको दिनमा ७३ बाट ७८ प्रतिशतमा घट्ने देखाएको छ। मौसम परिवर्तन (आईपीसीसी) को अन्तर सरकारी प्यानलको विश्लेषण अनुसार ग्रीन हाउस ग्यासको उत्सर्जन ३३ प्रतिशतले घट्छ।
यस्तो अवस्थामा जब विश्वको आधा जनसंख्या लकडानमा छ, त्यहाँ शताब्दीयौंदेखि चल्दै आएको संस्कृतिबाट केही पाठ लिने राम्रो अवसर हुन सक्छ। हुन त बालीमा सामाजिक दूरीका उपाय लागू छन्। कोरोना भाइरसको कारण, ‘न्येपी’ यस वर्ष एक दिनको लागि वृद्धि भयो। ‘साइलेन्ट डे’ का फाइदा पनि बढेका छन्। ‘बुबाले आफ्ना बच्चालाई गेमल्यान संगीत र कला सिकाउँदै हुनुहुन्छ। मेरा छिमेकी आफैंले युकुले (नायलनको तारको गितार) बजाउन सिकिरहेका छन्’, ग्यारेट काम भन्छन, ‘साना पसल वा सडक तथा साना ढाबाहरू चलाइरहेका आमाहरूले आफ्ना छोरीलाई घरेलु काम सिकाइरहेका छन् ताकि उनीहरूको हात बढाउन सकून्।’
यी सबै चीजको अर्थ भनेको परम्परालाई अगाडी बढाउनु हो, जुन स्कूलको कक्षामा पढाउन सकिदैन र अग्रजहरूको सम्मान र उनीहरूको भूमिका आज बढेको छ।
अर्को तर्फ कोविड–१९ भन्दा पहिले बाली विश्वको एकमात्र एयरपोर्ट थियो जुन नयाँ वर्षको अवसरमा २४ घण्टा बन्द हुन्थ्यो। ‘पर्यटकीय टापुका लागि यो ठूलो निर्णय हो, तर यसले परम्परालाई सम्मान दर्साउँछ,’ डार्विटी भन्छन्,‘पश्चिमाहरूले यहाँबाट जीवनका साना चीजहरूको सम्मान गर्न, प्रकृतिसँग रम्न, परिवारसँग सम्पर्कमा रहन, आफैंसँग जोडिएर जीवनको गतिलाई सुस्त बनाउँदै ताराहरू खोज्न सक्छन्।’
एजेन्सीकाे सहयाेगमा