ब्रेकएनलिंक्स डटकमको प्रधान सम्पादकमा पूनम पौडेल नियुक्त भएकी छन्।
बिएल मिडिया प्रालि सञ्चालक समितिको बैठकले शुक्रबार पाैडेललाई प्रधान सम्पादकमा नियुक्त गरेकाे हो।
वि.स. २०५१ सालमा सुरूचि साप्ताहिकबाट रिपोर्टरका रूपमा पत्रकारिता सुरूवात गरेकी पौडेलसँग रिपोर्टर र सम्पादकका रूपमा ३० वर्षको अनुभव छ। टेलिभिजन पत्रकारितामा उनको विशेष दक्षता छ।
नेपाल वातावरण पत्रकार समूह, रेडियो सगरमाथा, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, अर्थ न्युज टेलिभिजनमा उनले रिपोर्टर, सम्पादक र समाचारवाचकका रूपमा काम गरिसकेकी छन्।
पौडेल ब्रेकएनलिंक्स डटकमको संस्थापक परिकल्पनाकार मध्येकी एक हुन्। अमेरिकामा रहँदा उनले यस अनलाइनका लागि न्युयोर्क विशेष सम्वाददाताको रूपमा काम गरिसकेकी छन्।
पौडेल वृत्तचित्र निर्माता पनि हुन्। उनको लेखन र निर्देशन रहेको वृतचित्र 'लभिङ विथ डिग्निटी'ले विभिन्न पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ।
उनले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ प्राप्त गरेकी छन्। त्रिभुवन विश्वविद्यालय, भारतको नयाँ दिल्लीस्थित इन्डियन इन्स्टिच्यूट अफ मास कम्युनिकेशन, र पाकिस्तानको लाहौरस्थित साउथ एसियन मिडिया स्कुलबाट उनले पत्रकारिताक अध्ययन गरेकी छन्।
ब्रेकएनलिंक्स डटकम परिवार प्रधान सम्पादकको रूपमा उनलाई स्वागत गर्दछ।
Congratulations. Huna ta reporting n sampadan post vast difference I mean media bata galat reporting news le kasaiko byektitwa dhamilo nahun vani , ya u sis lai ajha pragatiko suva Kamana